ads
neelambads

लोसपाका ८ उम्मेदवारको टुङ्गो लाग्यो, राजेन्द्र महतोले गठबन्धनको साथ नपाउने

 

काठमाण्डौ २३ असाेज ।

सत्ता गठबन्धनमा सामेल भएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले प्रतिनिधि सभामा सात सिट पाउने सहमति भएको छ ।

सर्लाही २ मा चाहिँ मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिपत्रमा उल्लेख छ । 

सर्लाही २ मा गठबन्धनबाट माओवादीको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष महिन्द्रराय यादवले उम्मेदवारी दिँदै हुनुहुन्छ । 

त्यहाँ लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । यादवले छोड्न नमानेपछि महतोले सत्ता गठबन्धनको साथ नपाउने हुनुभएको छ । 

यी हुन् लोसपाले टुङ्गो लगाएका उम्मेदवार

सप्तरी १ – जयप्रकाश ठाकुुर

धनुषा ३ – अनिलकुमार झा

महोत्तरी २ – शरदसिंह भण्डारी

महोत्तरी ३ – महन्थ ठाकुर

सर्लाही १ – रामप्रकाश चौधरी

सर्लाही २ – राजेन्द्र महतो

बारा ३ – प्रमोद गुप्ता 

पर्सा १ – लक्ष्मणलाल कर्ण

Post a Comment

Previous Post Next Post
neelambAd
ads