ads
neelambads

पैसा बाँडेको आरोपमा प्रदेशसभाका उम्मेदवार दीपक निरौला पक्राउ


काठमाडौँ  २ मंसिर । 

मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं – ५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला नियन्त्रणमा लिएको समाचार छ। 

शुक्रबार साँझा निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेपछि प्रहरीले नियन्त्रणा लिएको जनाएका छन ।

निरौलासहित बुढानिलकण्ठ नगरपालिका – ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरुलाई बुनपा ६ का कर्मचारी बुद्दलक्ष्मी तामाङ को घरबाट नियन्त्रणमा लिएको प्रहरी प्रभात बुढानिलकण्ठका एक जना प्रहरी अधिकृतले संचारकर्मीलाई जानकारी गराए ।

काठमाडौं – ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads