ads
neelambads

नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना वीरगंजबाट पक्राउ

  

बीरगंज २ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको समाचार छ ।

गएराति वीरगंजको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र दुई सय ५० थान स्वस्तिक छाप तथा नगद दुई लाख ५० हजारसहित दुई जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा बाराको कलैया महानगरपालिका वडा नम्बर १८ को वर्ष २३ को अमिरी राउत कुर्मी र वीरगंज नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३३ को राजन सिंह रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरेको नक्कली मतपत्र तथा स्वस्तिक छाप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको छ । भने त्यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएका छन । 


Post a Comment

Previous Post Next Post
neelambAd
ads