ads
neelambads

कांग्रेसको पनि समानुपातिक मत एक लाख पार, स्वतन्त्र पार्टी तेस्रो

 

काठमाण्डाै ६ मंसिर ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार, नेपाली कांग्रेसले प्रतिनिधि सभा तर्फको समानुपातिकमा एक लाख मत पाएको समाचार छ।

नेकपा (एमाले) ले यसअघि नै एक लाखको सीमा पार गरिसकेको छ। एमालेको समानुपातिक मत एक लाख १७ हजार पुगेको छ।

समानुपातिक तर्फ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ। स्वतन्त्र पार्टीले ५० हजार ७९० मत पाएको छ।

चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ४४ हजार ३३६ मत पाएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार २७७ मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) को समानुपातिक तर्फको मत न्यून देखिएको छ। एकीकृत समाजवादीले अहिलेसम्म समानुपातिकतर्फ पाँच हजार ६९३ मत मात्रै पाएको छ।

अहिलेसम्म गणना भएका करीब चाल लाख मतमध्ये प्रतिशतको आधारमा सबैभन्दा धेरै एमालेले २९।२ प्रतिशत मत पाएको छ। कांग्रेसले २५ प्रतिशत मत पाएको छ।

त्यसैगरी, स्वतन्त्र पार्टीले १२।६ र माओवादीले ११ प्रतिशत मत पाएको देखिएको छ। एकीकृत समाजवादीको मत भने १.४ प्रतिशत मात्रै छ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads