ads
neelambads

देशका विभिन्न मतदान केन्द्रमा तीन दर्जन भन्दा बढी राउन्ड हवाई फायर

  

बीरगंज ४ मंसिर । 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा आइतबार देशका विभिन्न मतदान केन्द्रमा तीन दर्जन बढी राउन्ड हवाई फायर भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ ।

सिरहाको मिर्चैया बडहरामालमा तीन राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड र हुम्लामा १८ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको समाचार प्राप्त भएको छ ।

जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको छ ।

झडपमा एक प्रहरी घाइते भएको जनाइन्छ । प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेका थिए । मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको खबर छ ।

यसैबीच हुम्लाको देवकोटा आवि कुनापानीमा १७ राउन्ड र मान्धारा मावि भकुन्डामा १ राउन्ड हवाई फायर भएको छ। यस्तै बाजुरामा ५ राउन्ड र डोटीमा ४ राउन्ड हवाई फायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads