ads
neelambads

बारा जिल्लाको चार वटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने

 


कलैया ३ मंसिर । 

भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अन्तरगत बाराको चारवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने भएको समाचार छ ।

क्षेत्र नम्बर १ को मतगणना कोल्हबीमा रहेको नगरपालिकाको सभा हल र क्षेत्र नम्बर २ को बरियारपुरमा रहेको गढीमाई महेन्द्र उच्च माविमा हुने मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराए । 

क्षेत्र नम्बर ३ को मतगणना कलैया ३ गंगापुरमा रहेको शैक्षिक तालिम केन्द्रमा र क्षेत्र नम्बर ४ को मतगणना सिमरामा रहेको नेपाल राष्ट्रिय उच्च माविमा हुने मुख्य निर्वाचन अधिकृत उपाध्यायले जनाए ।

मतदानपछि मतपेटिकाहरु संकलन भइसकेपछि उम्मेदवारहरुसँग छलफल गरेर त्यहि दिनदेखि मतगणना शुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो । 

यस्तै, मतगणना स्थलमा सीसी क्यामरा जडानसहित सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले भन्नुभयो ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads