ads
neelambads

पर्सा क्षेत्र नं. २ मा कांग्रेसका अजय चौरसिया निर्वाचित


बीरगंज ७ मंसिर ।

पर्साको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले बिजय रैली निकालेको समाचार छ। 

पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अजय कुमार चौरसिया निर्वाचित भएका छन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्दी जसपा र नेकपा एमाले गठबन्धनका सुरेन्द्र प्रसाद कुर्मीले २२ हजार ४ सय ४५ मत प्राप्त गरेका थिए। 

कुर्मीलाई ६ हजार ६ मतान्तरले पराजित गरी चौरसिया विजयी भएका छन् ।

यसअघि लगातार २ पटक पराजित रहँदै आएका चौरसियाको यो पटक दोस्रो जित भएकाे छ। यस क्षेत्रबाट राप्रपाका नरेश कुमार साहले २ हजार ७ सय ४१ मत प्राप्त गरेका छन्। भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९ सय ७१ मत ल्याएका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads