ads
neelambads

पाँचवटा जिल्लामा चल्यो गोली, २७ ठाउँको मतदान स्थगित

 

बीरगंज ४ मंसिर। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान रोक्ने प्रयास भएपछि प्रहरीले पाँच जिल्लामा गोली चलाएको समाचार छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेक प्रसाद राईका अनुसार रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा गोली चलेको छ । 

मतदान रोक्ने प्रयास र झडपको स्थिति सिर्जना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाएको डीआईजी राईले बताए । 

उहाँका अनुसार देशभर २७ ठाउँमा मतदान स्थगित भएको छ । तीमध्ये कतिपय ठाउँको मतदान पुनः सुरु भइसकेको पनि राईले जनाए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads