ads
neelambads

सप्तरी क्षेत्र नं.२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निर्वाचित, उपेन्द्र यादव पराजित

 

सप्तरी ७ मंसिर ।

प्रतिनिधिसभातर्फ सप्तरीको निर्वाचन क्षेत्र नम्बर – २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारी मतान्तरले निर्वाचित भएका छन् ।

भने जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई १८ हजार ६३ मतको अन्तरले पराजित गरेका छन् ।

राउतले ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्वउपप्रधानमन्त्री यादव भने १६ हजार ९७९ मतमा सिमित भएका थिए ।

यस्तै पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर ७ हजार ३४७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads