ads
neelambads

उम्मेदवार जालिम मियाँको छोरा नक्कली मतपत्र र गाडी सहित पक्राउ

 

बीरगंज ३ मंसिर ।

पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियाँका छोरा, नक्कली मतपत्र र गाडी सहित पक्राउ गरेकाे समाचार छ ।

मियाँका छोरा सहबीर अहमद, मौन अवधीमा गाडीमा प्रचार प्रसारमा हिडेको अवस्थामा नक्कली मतपत्र र स्वास्तिक छाप सहित पक्राउ परेका छन् । 

उनिसंगै गाडीका चालक सुरज साहलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको खबर छ ।

शनिबार दिउँसो कालिकामाइ गाँउपालिका वडा नम्बर १ मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र ५९८ थान र स्वास्तीक छाप ४ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी गराए ।

मौन अवधीको समयामा चुनाव प्रचार प्रसारका लागि कुनै पनि गतिविधी गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले जनाए । 

बरामद मतपत्र, स्वास्तिक छाप र गाडी सहित दुवै जनालाई पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाइएको उहाँले जानकारी गराउनु भयाे ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads