ads
neelambads

पर्सा जिल्लाको बेल्वामा साढे दुई घण्टा मतदान रोकिएको पछि पुन मतदान सुरु


वीरगंज ४ मंसिर । 

पर्साको पटेर्वा सुगौली गाउँपालिका–२, बेल्वास्थित थारु सेवा सदन केन्द्रमा करिब साढे दुई घण्टासम्म रोकिएको मतदान पुनः सुरु गरिएको समाचार छ । 

त्यहाँ मतपत्र फरक परेपछि मतदान रोकिएको थियो । प्रतिनिधिसभा सदस्यकालागि प्रदेशसभातर्फको मतपत्र दिएको पाइएपछि आज दिउँसो करिब १ बजे देखि स्थगित भएको मतदान पौने ४ बजे देखि सुरु गरिएको पर्सा क्षेत्र नम्बर – ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी गराए ।

७५७ मतदाता रहेको यो केन्द्रमा ५४ जनाले मतदान गरिसकेपछि गलत मतपत्र परेको थाहा भएको थियो । सुरुमा खसेको ५४ मत बदर गरेर पुनः मतदान गर्ने सहमतिपछि मतदान थालिएको निर्वाचन अधिकृत ढकालले जनाए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads