ads
neelambads

महोत्तरीमा प्रदेशसभाका स्वतन्त्र उम्मेदवार विष्णु लामाको गाडीबाट डेढ लाख बरामद


महोत्तरी २ मंसिर ।

महोत्तरी क्षेत्र नम्बर – १ बाट प्रदेशसभा ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका विष्णु लामाको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको समाचार  छ । 

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले खयरमाराबाट गाडी सर्च गर्दा डेढ लाख फेला पारेको महोत्तरीका एसपी कृष्ण पंगेनीले संचारकर्मीलाइ जनाएका छन ।

उनले भने–‘यसबारे मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउँदै छौं ।’ लामाले माओवादीबाट बिद्रोह गरेर प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । लामालाई पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads