ads
neelambads

पर्सा क्षेत्र नं. ३ मा एमालेका राज कुमार गुप्ता विजयी

 

वीरगंज ७ मंसिर । 

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएकाे समाचार छ ।

 नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ भोटले पराजित गर्दै गुप्ता निर्वाचित भएका छन् ।

बुधबार अवेर राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २४ हजार १०९ मत पाएका थिए ।

मतगणनाको सुरुवातदेखि चौधरीले अग्रता लिए पनि अन्तिम समयमा आएर गुप्ताले मतान्तर घटाउँदै गएका थिए । 


Post a Comment

Previous Post Next Post
neelambAd
ads