ads
neelambads

प्रेसर कुकर बम चमेलिया पुलमा राखिएको सेनाद्वारा निष्क्रिय

 

दार्चुला  ३ मंसिर । 

सडक मार्गबाट दार्चुला प्रवेश गर्ने चमेलियामाथिको पुलमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको समाचार छ । उक्त बमलाइ सेनाको टोलीले निष्क्रिय गरेको प्रहरीले जानकारी गराएको छ ।

शनिबार बिहानै साढे २ बजेतिर उक्त प्रेसरकुकर बमजस्तै देखिने शंस्कापद वस्तु भएको यात्रुहरूले देखेका थिए ।

 प्रहरीलाई जानकारी हुनेबित्तिकै इलाका प्रहरी चौकी गोकुलेश्वरबाट टोली खटिएको थियो । सेनाको टोलीले बिहान ७ बजे उक्त बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तर्कराज पाण्डेयले जनाए ।

प्रेसरकुकर माटो भरेको र बाहिर टेपले बेरेर तार निकालेको अवस्थामा भेटिएको उहाँले जनाए । उक्त प्रेसरकुकर कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads