ads
neelambads

पर्सा क्षेत्र नं. २ (ख) बाट लोसपाका कुर्मी निर्वाचित

 

वीरगंज ७ मंसिर । 

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएकाे छ ।

कुर्मी आफ्ना निकटतम प्रतिष्पर्धीलाई २ हजार ५ सयभन्दा पनि बढी मतको अन्तरले पछाडि छोड्दै पुन ः निर्वाचित हुनु भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सा निर्वाचन क्षेत्र नम्बर २ ले उपलब्ध गराएको मतपरिणामको नतिजा अनुसार कुर्मी आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह भन्दा २ हजार ६ सय ३७ मत बढी ल्याएर निर्वाचित भएका छन्  ।

कुर्मीले ९ हजार ४ सय ७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सिंहले ६ हजार ८ सय ३४ मत मात्र प्राप्त गरेका छन् । 

३ हजार ७ सय ९० मत ल्याएर नेकपा एमालेका हरेराम पटेल तेस्रो स्थानमा रहेका छन् भने २ हजार ८ सय ३६ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमानन्द साह कानु चौथो भएका छन् । 

पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका कुर्मी यसअघि पनि पर्सा २(ख) बाट तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । 

कुर्मीले यसअघि ९ हजार ७ सय ६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका रामरूप कुर्मीलाई पराजित गरेका थिए ।

कुर्मीको जितसँगै पर्सामा लोसपाले आफ्नो खाता खोलेको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads