ads
neelambads

नमुना मतपत्र लगायतका निर्वाचन सामग्रीसहित दुई जना महोत्तरीबाट पक्राउ

 

महोत्तरी ३ मंसिर । 

महोत्तरीको गौशालामा नमुना मतपत्र लगायतका निर्वाचन सामग्रीसहित दुई जना पक्राउ गरेकाे समाचार छ।  

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका १ का ७४ वर्षीय भवानी बहादुर थापा र बर्दिवास नगरपालिका ५ का ३९ वर्षीय पदम पौडेल रहेका छन् । 

 १ सय ९४ थान नमुना मतपत्रलगायत निर्वाचन सामग्रीसहित हिँडिरहेको अवस्थामा प्रहरी निरीक्षक विशाल सिंहको टोलीले उनीहरुलाई गौशाला नगरपालिका १० वटौवाबाट पक्राउ गरेको छ ।

बाग्मती प्रदेश(३(०१ ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र मतपत्र लिएर जाँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।  

उनीहरुमाथि थप अनुसन्धानको भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी गराउनुभयो । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads