ads
neelambads

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित

 

गोरखा ८ मंसिर । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएकाे छ । 

सत्ता गठवन्धनको उम्मेदवार रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका छन् । 

प्रचण्डले २६ हजार १०३ मत पाएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकन्द्र बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले सात हजार ३९३ मत पाएका थिए ।

चितवनमा रवि लामिछानेले चुनौति दिने देखेपछि प्रचण्ड गोरखा पुगेका थिए । यसअघि उनले चितवन – ३ बाट जित निकालेका थिए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads