ads
neelambads

मधेश प्रदेश सभामा जनमत पार्टीको पहिलो जित

सप्तरी ६ मंसिर ।

चन्द्र प्रकाश राउत (सिके) नेतृत्वको जनमत पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको समाचार छ । 

सप्तरी क्षेत्र नं. २ काे (ख) बाट प्रदेश सभा सदस्य पदमा सो पार्टीका महेश प्रसाद यादव विजयी भएका छन्। यादव आफ्ना प्रतिद्वन्द्वीभन्दा ६३०२ मत अन्तरले विजयी भएका हुन्। उनी १३३२५ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी उमेश कुमार यादवले ७०२३ मत पाए ।

सप्तरी २ (ख)  मा पनि सोही पार्टीका सतिश सिंह १४३२२ मतसहित अग्रस्थानमा छन्। जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साहले ६७४९ मतसहित सिंहलाई पछ्याइरहेका छन् । 

सो निर्वाचन क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जनाए।

हालसम्म भएको मत गणना अनुसार सप्तरी २ मा जनमत पार्टीका सिके राउत १४४६८ मत ल्याएर अग्रस्थानमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ७२७१ मतसहित दोस्रो स्थानमा छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads