ads
neelambads

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पर्वतको मतदान केन्द्रबाट मतदान गरे

 

पर्वत ४ मंसिर।

    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नु भयाे ।

उहाँले पशुपति केन्द्रबाट बिहान ७ ः ३० बजे मतदान गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुग्नु भएकाे थियाे ।

पर्वतबाट एमालेका पदम गिरी र नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशी सहित १२ जना उम्मेदवार छन् । प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको समाचार छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads