ads
neelambads

सर्लाही क्षेत्र नं. २ को प्रदेश सभा सदस्यका उम्मेदवार जंगीलाल यादव कांग्रेसबाट निष्कासित

 

सर्लाही २ मंसिर ।  

नेपाली कांग्रेसले सर्लाही क्षेत्र नं. २ को प्रदेश सभा सदस्य (क) मा उम्मेदवार रहेका नेता जंगीलाल राय यादवलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको समाचार छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसका पूर्व केन्द्रीय सदस्य यादवलाई कारबाही गरिएको जानकारी गराएका छन्।

सर्लाही २ को प्रदेशसभा ‘क’ मा कांग्रेस र गठबन्धन दलबीच भएको सहमति बमोजिमको कार्य नगरेको भन्दै यादवलाई पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो।

नेता यादवले समयभित्र आफ्नो रायसहितको स्पष्टीकरण नबुझाएकाले उनलाई नेपाली कांग्रेसको विधानबमोजिम पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक ढुंगानाले जनाएका छन्।

Post a Comment

Previous Post Next Post
neelambAd
ads