ads
neelambads

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाकालागि पर्सामा मतगणनास्थल तैयार


वीरगंज ३ मंसिर। 

आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाकालागि पर्सामा मतगणनास्थल तैयार भइसकेको समाचार छ । 

४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको खबर छ । पर्सा निर्वाचन क्षेत्र नं १ र २ को मतगणना वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्ने गरी तयारी गरिएको छ । 

भने क्षेत्र नं ३ र ४ को मतगणना पोखरिया नगरपालिका – ४ मा रहेको जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयमा हुने भएकाे छ ।

सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुको मतगणना गरिने छ । 

तसर्थ हरेक क्षेत्रकालागि ३ वटा कोठा तयार पारेर मत गणना गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना गर्नकालागि ८ वटा कोठा तयार पारिएको छ । 

मतगणना स्थलमा तारजाली लगाउनुको साथै सीसीटीभी क्यामेरा समेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जनाए ।

‘सुरक्षाका लागि मतपेटिका भण्डारण कक्षमा समेत सीसीटीभी क्यामेरा जडान गरेका छौं । 

मतगणना गर्ने कोठामा तारजाली पनि लगाएका छौं’, उहाँले भने ‘मतगणनाकालागि आवश्यक पर्ने पूर्व तयारी भइसकेको छ ।’

मतगणना स्थल तयार पार्नकालागि मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा शुक्रबार देखि नै टोली खटिएको थियो ।

क्याम्पसको कक्षा कोठामा रहेको डेस्क बेञ्च हटाउने, सरसफाइ गर्ने, सीसीटीभी क्यामेरा जडान गर्ने र तारजाली लगाउने कार्य मतगणना स्थलमा गरिएको छ ।

पर्सा क्षेत्र नं ३ र ४ को मतगणना हुने स्थल पोखरिया स्कुलमा पनि मतगणना स्थल तयारीको काम अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

पोखरियामा दुईवटा क्षेत्रको छुट्टाछुट्टै भवनमा मतगणना गर्न लागिएको छ ।

मतगणना स्थलको ९० प्रतिशत तयारी पूरा भएको निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले जनाए । ‘मतगणना स्थलमा तारजाली ठोकियो, क्यामेरा जोडियो । 

९० प्रतिशत तयारी सक्कि सकेको छ’, उहाँले भने, ‘जनशक्ति र अन्य आवश्यक कुरालाई हेरेर मत गणना स्थल थप पनि गर्न सकिन्छ ।’

Post a Comment

Previous Post Next Post
neelambAd
ads