ads
neelambads

मन्त्रीभन्दा पूर्व प्रहरी महानिरीक्षक प्रधान दोब्बर मतले अगाडि

 

नवलपरासी ६ मंसिर ।

नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व गृहराज्यमन्त्री र पूर्व प्रहरी महानिरीक्षकबीच चुनावी प्रतिस्पर्धा भएको समाचार छ । 

प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसका नेता तथा उम्मेदवार देवेन्द्रराज कँडेल प्रतिस्पर्धी उम्मेदवारभन्दा चार हजार मतले पछाडि परेका छन् ।

पूर्व प्रहरी महानिरीक्षक धु्रवबहादुर प्रधानले ६ हजार ८९६ मतसहित अग्रता लिएका छन् । 

कँडेलले २ हजार ८६४ मत पाएको बताइएको छ । सोही क्षेत्रबाट एमालेका दीपेन्द्र अधिकारीले १ हजार ५२२ मत ल्याएका छन् ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads