ads
neelambads

अर्काको नाममा मतदान गर्न खोज्ने दुईजना सर्लाहीबाट पक्राउ

 

सर्लाही ४ मंसिर । 

सर्लाहीमा अरुको नाममा मतदान गर्न खोज्दा दुईजना पक्राउ गरेकाे समाचार छ । सर्लाहीको वाग्मती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने दुईजना पक्राउ परेका छन् । 

वाग्मती नगरपालिका १२ बथनीय प्रावि मतदान केन्द्रमा फर्जी मत खसाल्न खोजेको आरोपमा २० वर्षीय मुस्कान मोक्तान र बलरा नगरपालिका ४ जब्दी प्रावि मतदान केन्द्रमा पनि अर्काको नाममा मत खसाल्न गएका स्थानीय २८ वर्षीय आदित्य सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी गराएका छन । 

भने पक्राउ परेका दुवैलाई नियन्त्रणमा राखिएको र निर्वाचन ऐनअनुसार कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads