ads
neelambads

दुई थान भरुवा बन्दुक सिरहाबाट बरामद

  सिरहा २ मंसिर ।

सिरहामा बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद भएको समाचार छ ।

 शुक्रबार सिरहा प्रहरीले  मिर्चैया नगपालिका ९ कमल दह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेका छन ।

सो क्षेत्रमा केही व्यक्ति बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले २ थान बन्दुक बरामद गरेकाे छ  । 

घुम्ने व्यक्ति बन्दुक फालेर भागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि प्रसाद वलीले जानकारी गराएका छन । बन्दुक फालेर भागेकाहरूको खाेजी भइरहेको उहाँले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads