ads
neelambads

पर्साको चोर्नीबाट एक लाख नगदसहित उम्मेदवार यादव पक्राउ

 

बीरगंज ३ मंसिर।

प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको पूर्व सन्ध्यामा नगदसहित किशोरी प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको समाचार छ । 

वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नीबाट स्वतन्त्र उम्मेदवार किशोरी प्रसाद यादवलाई १ लाख नगदसहित प्रहरीले पक्राउ गरेका छन ।

प्रचारप्रसार गर्न नपाउने भनेर स्थिर समय शुरु भइसकेपनि यही समयमा मतदाता रिझाउन रकम बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेको पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले संचारकर्मीहरूलाइ जानकारी गराउनु भयाे ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads