ads
neelambads

पर्साको ८ स्थानको प्रदेश सभाको मत परिणाम सार्वजनिक

 वीरगंज ७ मंसिर। 

पर्सामा प्रदेशसभा तर्फ ८ वटै क्षेत्रको मतपरिणाम सार्वजनिक भएको समाचार छ । 

सार्वजनिक भएको मत परिणाम अनुसार पर्साको प्रदेश सभा निर्वाचनको ८ स्थानमा नेपाली काँग्रेसले ३ स्थान, जसपाले २ स्थान, माओवादी १ स्थान, लोसपाले १ स्थान र १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

प्राप्त मत परिणाम अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को क मा सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार रहवर अन्सारी विजयी हुनु भएको छ । 

रहवर अन्सारीले ७ हजार ८१७ मत प्राप्त गर्नुभएको छ । भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिचारी प्रसाद यादव ५५१८ र जन्नत अन्सारीले ५२८६ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ को ख बाट जसपाका मधेश प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका लालबाबु राउत विजयी हुनु भएको छ । 

उहाँले ७५४५ मत प्राप्त गर्नुभएको छ भने राउतका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मी ६२१२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं. २ को क बाट नेपाली काँग्रेसका श्याम पटेल विजयी हुनु भएको छ । पटेलले १३७८४ मत ल्याउँदा जसपाका रामनरेश यादव १२१२७ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरि प्रदेश सभा क्षेत्र नम्बर २ को ख बाट लोसपाका रमेश प्रसाद कुर्मी ९४७१ मतका साथ विजयी हुनु भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ६८३४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि ३ को क बाट स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जैसवालले ७३८१ मत प्राप्त गरि विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अब्दुल रहिम अन्सारीले ६९३० मत प्राप्त गर्नुभएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिनुभयो ।  

यस्तै ३ को ख बाट नेपाली काँग्रेसका जनार्दन सिंह क्षेत्रीले १०१७२ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्व जसपाका डा मधु गुप्ताले ७४९६ मत प्राप्त गर्नुभएको छ । २६७६ मतअन्तरले निकटतम प्रतिद्वन्द्वी गुप्ता लाई पराजित गरी क्षेत्री विजयी हुनुभएको हो ।

पर्सा ४ को क बाट नेपाली काँग्रेसका शङ्कर प्रसाद चौधरी र ख बाट जसपाका सिंहासन साह कलवार विजयी हुनु भएको हो । 

चौधरीले नेकपा एमाले पर्साका अध्यक्ष रहनु भएका जय प्रकाश थारुलाई २ हजार ३४ मतको अन्तरले पराजित गर्नु भएको हो । चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुनु भएको छ भने थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गर्नु भएको छ । 

यही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुनः दोहोरिनु भएको छ । 

पर्सा क्षेत्र नम्बर ४ को ख बाट जसपाका नेता सिंहासन साह कलवार २७४४ मतअन्तरले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुलाई पराजित गर्नु भएको हो । 

कलवार दोस्रो कार्यकालको लागि पुनः जसपाबाट निर्वाचित हुनु भएको हो ।  

यस अघि पनि उहाँ प्रदेश सभा सदस्यमा विजयी बन्नु भएको थियो । कलवारले १५३८५ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी प्रह्लाद साह कानुले १२६४१ मत प्राप्त गर्नु भएको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads