ads
neelambads

काठमाण्डौमा ट्रकको ठक्करबाट पर्साकाे ठाेरी निवासी श्रीमान श्रीमतीको ज्यान गयो

 

बीरगंज ३ मंसिर । 

काठमाण्डौको सुकेधारामा ट्रकले मोटर साइकललाई ठक्कर दिँदा पर्साकाे ठाेरी निवासी दुई जनाको ज्यान गएको समाचार छ ।

पर्साको ठोरी गाउँपालिका वडा नं. ७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बस्नुभएकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको छ ।

राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटर साइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको खबर छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads