ads
neelambads

भारतबाट रू. ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार मूल्यको नेपालमा धान भित्रियाे


बीरगंज १६ पुस । 

पर्सा जिल्लाकाे वीरगंज नाकाबाट कात्तिक १५ गते देखि मङ्गसिर मसान्त सम्ममा रू. ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार मूल्य बराबरको धान भित्रिएको खबर छ ।

धानको निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध खुला गरेपछि डेढ महिनामा ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगंज भन्सार कार्यालयले जानकारी गराएको छ ।

६ लाख मेट्रिक टन धानमा कर नलाग्ने गरी कोटा नै तोकेर भारतले नेपालकालागि निर्यात खुला गरेपछि नेपाली व्यापारीहरूले भारतबाट धमाधम धान आयात गरिरहेका छन् ।

नेपाल सरकारको पहल र व्यवसायीहरूको अनुरोधमा भारत सरकारले कात्तिक १५ गतेदेखि धानमा लगाएको प्रतिबन्ध हटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा। सुबोध कुमार गुप्ताले बताउनुभयो ।भारत सरकारले आन्तरिक उत्पादन घटेको र मुलुकभित्रै खपत बढी भएको जनाउँदै नेपालमा धान निर्यात रोकेको थियो ।

आन्तरिक उत्पादनले मुलुकभित्रको खाद्यान्नको आवश्यकता धान्न नसकेपछि प्रति वर्ष ५ देखि ६ लाख मेट्रिक टन धान र त्यही अनुपातमा व्यवसायीहरूले चामल आयात गर्दै आएका थिए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads