आदीवासी थारू समुदायको माघी ( खिचंङी ) पर्व तथा थारू समुदायको आउने नयाँ वर्ष २६४७ को शुभकामना आदान प्रदान, भाषा तथा सांस्कृतिको झलकका साथै माघी समारोह मनाउने तथा राज्यमा आदीवासी थारू समुदायको राजनैतिक, सांस्कृति, समाजिक पहिचान, राज्यको हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सहितको हक अधिकार लगायत टिकापुर घटनामा जवरजस्ती बनाइएका राजवन्दिहरूलाइ अबिलम्ब रिहाइकालागी सांकेतिक आन्दोलन र आम समुदायका जिवन रक्षा हेतु रक्तदान कार्यक्रमकाे आयोजना समेत गरीएकाे छ ।
बीरगंजको माघी बिगत वर्ष देखि नै पृथक संदेश मुलक रहेको पत्रकार सम्मेलनमा समितिका पदाधिकारीहरूले जनाउनु भयो ।
आइतबार बिहान साढे ११ बजे घण्टाघर चौकबाट थारू सांस्कृती प्रभातफेरी रैली निस्केर आदर्शनगर पुरानो बसपार्कमा पुगेर सम्पन्न हुने आयोजक समितिले बताए ।
रौतहटको गुजरा नगरपालिकाको लक्ष्मी प्रा.वि.का जग्गादाता एंव समाजसेवी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता एंव रामसुन्दर चौधरीको संयोजकत्वमा हुने माघी महोत्सवमा पर्सा, बाराका थारु समुदायका अगुवाकासाथै सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहने आयोजकले जनाए ।
समारोहमा थारु सांस्कृतिक झलक ( घाटो, समाचकेवा, झम्टा नाच ) प्रस्तुतीको आयोजना गरीनुकासाथै महोत्सवस्थलमा थारु, मधेसी, नेवारी, मारवाडी, मैथली समुदायका लोकप्रिय खानाका स्टलमा राखिनुकासाथै घोङ्गी, केकडा ( गंगटो ), माछा, हाँस, कुखुरा र परेवाको मासु, चिचर, तिल र भुजाका लड्डु लगायतका परिकारहरु प्रदर्शनी र बिक्रीका लागि राखिने पत्रकार सम्मेलनमा समितिका पदािधकारी अभय दास थारूले जानकारी गराउनु भयो ।
उक्त पत्रकार सम्मेलन कार्यक्रममा समितिका पदाधिकारी प्रकाश थारू, शम्भु महताे थारू, नन्दकिशाेर पंजियार लगायत नेपाल पत्रकार महासंघ पर्सका अध्यक्ष अनुप तिवारीकाे उपस्थिति समेत रहेकाे थियाे ।