वीरगंज १ माघ। वीरगंजका पूर्व नगर प्रमुख एवं पत्रकार स्व. गाेपाल गिरीकाे स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको स्व. गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार महेश दासलाई एक समाराेहका बिच आइतबार प्रदान गरेकाे छ ।
महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्व. गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकार दासलाई सम्मानित गर्नु भएकाे थियाे ।
पत्रकार गया यादव, शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा,ओमप्रकाश खनाल, ध्रुव साह, तुलसी भण्डारी, प्रताप श्रेष्ठ लगायतका महानुभावहरू स्व. गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट पहिले नै पुरस्कृत भइसक्नु भएकाे महासंघका एक जना पदाधिकारीले जनाए ।