रौतहट ०६ माघ । रौतहटमा बालकको हत्या गरी नदीमा फालेको आरोपमा दुई जनालाइ प्रहरीले पक्राउ गरेको समाचार छ।
हत्या गरेको आरोपमा रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ३३ वर्षीय जयराम महतो कोइरी र सोही ठाउँका ३७ वर्षीय सञ्जय राम पक्राउ परेका छन ।
जय किशोर प्रसाद कुशवाहाको छोरा ९ वर्षीय आशनारायण प्रसाद कुशवाहा आफ्नै घरबाट हराएका थिए। उनलाई खोजी गर्ने क्रममा माघ १ गते साझ ५ बजे माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा मृत फेला परेको प्रहरीको भनाइ छ।
जग्गा सम्बन्धी रिसवी र झगडाका कारण जयरामले बालकको हत्या गरेको प्रहरीले जनाएका छन।