ads
neelambads

सिम्राैनगढमा सरकारी सेवा सुचारु नगरिए आन्दोलनमा उत्रिने चेतावनी ः अध्यक्ष कुशवाहा

 

बीरगंज ०७ माघ । बारा जिल्लाकाे सिम्रौनगढबाट हटाइएको छोटी भन्सार कार्यालय पुनर्स्थापन गरीनुकाेसाथै मालपोत र नापी शाखा कार्यालयकाे काम सुचारु हुनुपर्ने माग गर्दै सिम्रौनगढ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय बारामा शुक्रवार ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको नेतृत्वमा बारा उद्योग वाणिज्य संघका अध्यक्ष  राज कुमार साहसहित गएको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका प्रजिअ कृष्ण बहादुर कटुवाललाई भेटेर ज्ञापनपत्र बुझाएका छन । 

साे ज्ञापनपत्रमा बाराको प्रमुख बजार मध्ये एक सिम्रौनगढबाट छोटी भन्सार कार्यालय विस्थापित हुँदा र मालपोत तथा नापी कार्यालयबाट सेवा सुचारु नहुँदा स्थानीय व्यवसायी र सर्वसाधारणले समस्या बेहोर्दै आएको जनाए छ ।

अध्यक्ष कुशवाहाले हस्ताक्षर गरेको पत्रमा भन्सार कार्यालय तत्काल पुनर्स्थापना र मालपोत कार्यालयबाट सेवा सुचारु नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएका छन ।

यस अघि गत बुधवार भएको संघको बैठकले प्रमुख जिल्ला अधिकारीलाई मागसहित ज्ञापनपत्र बुझाउने र बेवास्ता गरिए सिम्रौनगढ बजार अनिश्चित कालसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।

भारतीय नाकासँग सीमा जोडिएको सिम्रौनगढमा माओवादीद्वन्द ताका ०५९ सालमा सुरक्षाको कारण देखाउँदै छोटी भन्सार हटाइएको र १ वर्षअघि स्थापना गरिएको मालपोत र नापी शाखा कार्यालयमा अहिलेसम्म पनि सेवा सुचारु हुन सकेको छैन ।

गत वर्षको तत्कालीन भूमिसुधार मन्त्री शशी श्रेष्ठले निक्कै ठूलो तामझामका साथ सिम्रौनगढमा मालपोत र नापी शाखा कार्यालयको  उद्घाटन गरेका थिए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads