वीरगंज १० माघ । वीरगंजको नारायणी अस्पताल ५ सय शय्याको भवन बनाउने योजना अलपत्र परेका छन ।
भवन निर्माणकालागि ठेक्का पाएको कम्पनी र सहरी विकास तथा भवन निर्माण विभाग बिच ठेक्का प्रक्रियाका विषयमा विवाद भएपछि योजना अलपत्र परेका छन ।
भवन निर्माणकालागि छनोट भएको कम्पनीको कागजात नमिलेको भन्दै भवन विभागले अदालतमा मुद्दा दायर गरेपछि २ वर्ष भित्र निर्माण सम्पन्न हुनुपर्ने भवन ५ वर्ष सम्म पुग्दा पनि सुरु भएको छैन ।
सहरी विकास विभागले बनाएको भवनको नक्साका आधारमा २०७६ साल वैशाख ८ गते पहिलो पटक बोलपत्र आह्वान गरिएको थियो ।
पहिलो पटक आह्वान गरेको बोलपत्र पुरा हुन नसकेपछि सोही वर्षको जेष्ठ ५ गते पुन दोस्रो पटक बोलपत्र आह्वान गरिएको नारायणी अस्पतालको तथ्यांकमा उल्लेख छ ।
वि.सं २०७६ जेष्ठ १३ गते भवन विभागले २ अर्ब रुपैयाँ सम्मको राष्ट्रिय बोलपत्रमा सहभागीहरूको बारेमा सूचना जारी गरेको थियो ।
सो विरुद्ध उच्च अदालतमा मुद्दा परेपछि अस्थायी इजलास वीरगंजले सो विषयमा स्टे अडर दिएको थियो ।
तर अन्तिम सुनुवाइमा उच्च अदालत जनकपुरले ठेक्का पाएको कम्पनीलाई पुनः मूल्याङ्कन गरी काम बढाउने फैसला दिएपछि भवन विभाग पुन सर्वोच्च गएको थियाे ।
उच्च अदालतको सो फैसला विरुद्ध भवन विभाग ०७७ पुस २ गते सर्वोच्च गएको थियो ।
सर्वोच्चले दुई वर्ष देखिको सो मुद्दा नटुंग्याइ दिदा वीरगंजको नारायणी अस्पतालले सुविधा सम्पन्न भवनमा सेवा दिने सपना रोकिएको चिकित्सकहरूले जानकारी गराए ।