ads
neelambads

गृह मन्त्रालयद्वारा सीडीओ, सहायक सीडीओ लगायत कर्मचारीको सरुवा

 

काठमाण्डाै ०६ माघ । गृह मन्त्रालयले शुक्रबार ठूलो संख्यामा राज प्रत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी (सीडीओ ) , सहायक प्रमुख जिल्ला अधिकारी , सहायक (सीडीओ) लगायतका कर्मचारीहरुको सरुवा गरेको छ । 

यस्तै मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीको समेत सरुवा गरेका छन । जसअनुसार  नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलर लगायतसम्मका ७० कर्मचारीको सरुवा गरेको छ । 

केही दिनअघि मात्रै गृह मन्त्रालयले सीडीओहरुलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै कार्यविधि बनाएको थियो । गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व लिए सँगै सो कार्यविधि ल्याइएको हाे । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads