काठमाडौं ०६ माघ । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको खबर छ।
गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरि ज्यान मुद्दामा फरार रहेका सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मौखिक आदेश दिँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको पनि गृहको विज्ञप्तिमा उल्लेख छ।
प्रतिनिधि सभामा बिहीबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी पक्राउ नपरेको सम्बन्धमा गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराउनु भएका थिए।
विज्ञप्तिअनुसार सांसद कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनु भएको छ।
प्रेमबहादुर विकले महोत्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गर्नु भएकाे थियाे।