ads
neelambads

उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित


काठमाण्डौ ०७ माघ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएकी छिन । 

प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएकी छ ।

उहाँको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ता कुमारी यादवको पक्षमा ९७ मत परेको छ ।  एकजना सांसद तटस्थ बसेका छन् । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी रहनु भएका थिए ।

इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन हुनुहुन्थ्यो । 

यस्तै मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहनुभएको थियो । 

सन् २०१७ मा बीबीसीको १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा  अटाउनुभएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आउनुभएको छ । 

उहाँ आफैले सन् २००० मा स्थापना गर्नुभएको बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुको अधिकारको लागि लड्दै आएको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads