वीरगंज १० माघ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. १ मुड्लीबाट प्रहरीले गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको समाचार छ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक आयुष प्रसाद जोसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सात केजी गाँजासहित भारत बिहार गोपालगन्ज थाना जगरी टोल घर भएका ५५ वर्षीय शम्भु सहनीलाई पक्राउ गरेका छन।
मुड्लीमा सवारी साधन चेकजाँचका क्रममा सहनी सवार बीआर २८ के ४९१९ नम्बरको मोटर साइकल रोकी प्रहरीले चेकजाँच गर्दा मोटर साइकलको सिटमुनी कालो ब्यागभित्र हरियो प्लाष्टिकले वेरी राखेको ७ केजी गाँजा बरामद गरेको पर्साका प्रहरीले जानकारी गराए।