काठमाण्डाैं १० माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले संसद भवनअगाडि आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका प्रेम प्रसाद आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
आचार्यको अहिले होस आएको छ । राज्यमन्त्री डा. कार्कीले कीर्तिपुर अस्पतालमा पुगेर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
राज्यमन्त्री कार्कीले उनको उपचारमा कुनै कसर नराख्न निर्देशन दिएकी छन् ।
आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेकोले अवस्था चिन्ताजनक रहेको आचार्यको उपचारमा संलग्न चिकित्सकहरुले राज्यमन्त्रीलाई जानकारी गराएका छन ।
आचार्यलाई जसरी सकिन्छ, बचाउन प्रयास गर्न निर्देशन दिँदै राज्यमन्त्री कार्कीले आवश्यक सहयोगको पहल गर्ने आश्वासन दिएकी छन् ।