काठमण्डाै ०७ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुले सहकार्य मात्र गरेको तर गठबन्धन नबनाएको जनाएका छन्।
शनिबार संसद् बैठकपछि बाहिर निस्किने क्रममा उहाँलाई पत्रकारहरुले कांग्रेसले गठबन्धन भत्काउछौं भनेको छ नि भनेर प्रश्न गर्दा उहाँले भन्नु भयाे, ‘गठबन्धन गरेकै छैनौं के भत्काउने ? सहकार्य गरेका हौं।’ उहाँले राष्ट्रपति निर्वाचनको तयारी राम्रो भएको जनाए।
उहाँले भने, ‘राष्ट्रपतिको तयारी राम्रो छ।’ एमालेले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने जनाउँदै आएको भन्नु भयाे।