ads
neelambads

राष्ट्रपति पदमा एमालेबाट नेम्वाङ र काँग्रेसबाट पाैडेलकाे मनाेनय दर्ता

काठमाडौं १३ फागुन ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका छन ।


पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहनु भएकाे थियाे ।


त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका थिए । 

पौडेललाई नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेकाे छ ।

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि पौडेलले चुनाव हुने दिन २५ फागुनसम्म आफूलाई एमालेले पनि समर्थन गर्ने विश्वास व्यक्त गरेका छन । 

‘एमाले अध्यक्ष पनि म सँगै जेल बस्नुभएको हो, पुरानो साथी हुन, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उहाँले संचारकर्मीहरूलाइ भन्नु भयाे ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रस्तावकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहनु भएकाे थियाे । 

भने समर्थकमा एमालेकै नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुली कुमारी महतो, दिल कुमारी थापा (रावल) र अमन कुमार मास्के रहेका थिए ।

उम्मेदवारी दर्तापछि नेता नेम्वाङले पनि आफू नै राष्ट्रिय सहमतिको उम्मेदवार बन्न सक्ने जनाए । 

विगतमा संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको र त्यही संविधानको संरक्षक हुने अवसरकालागि हिँडेको भन्दै उहाँले भन्नु भयाे, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ ।

’जानकारी समेत गराउनु भयाे ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads