काठमाडौँ १५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् ।
सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी निस्किए पछि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले मंगलबारदेखि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा आठ दलीय गठबन्धनका नेताहरुसँग छलफल थाल्ने प्रधानमन्त्री निकट एक नेताले जनाएका छन ।
‘आज एमाले सरकारबाट बाहिरियो । राप्रपा र रास्वपा केही दिन अघि बाहिरियो’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘अब सबै परिस्थितिको विषयमा विश्लेषण हुनेछ ।
भोलिदेखि नयाँ गठबन्धनका नेताहरुसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने भएकाे छ ।’
आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाट टुंगो लाग्ने ती नेताले जनाए ।
सत्ता साझेदार दलका कतिपय नेताहरुले कार्यदल बनाएर मन्त्रालय भागबण्डा टुंगो लगाउनुपर्ने जनाएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा माओवादी सहित कांगेस, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले समेत सरकारमा जान इच्छा देखाएका छन् ।
एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय रहेका छन् ।