ads
neelambads

उपराष्ट्रपतिमा जसपाका उम्मेदवार विरुद्ध जनमतकाे उजुरी

 


बीरगंज २७ फागुन । उपराष्ट्रपति पदकालागि उम्मेदवारी दिएका जसपाकाे उम्मेदवार रामसहाय यादवविरुद्ध जनमत पार्टीले उजुरी दिएको समाचार छ। 

पुरुष खसआर्य समुदायबाट निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला हुनुपर्ने माग राखेर जनमतले यादवविरुद्ध उजुरी दिएको छ।


यसअघि एमाले सांसद महेश कुमार बर्तौलाले पनि यादवको उम्मेदवारी खारेज हुनुपर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। 


उनीविरुद्धको दुवै उजुरी आयोगले दर्ता गरेको छ। 

निर्वाचन अधिकृतको कार्यालयकी सूचना अधिकारी अमृता कुमारी शर्माका अनुसार उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले यादवविरुद्ध उजुरी दिएकी छिन्। 


निर्वाचन आयोगले आज साँझ ६ बजेसम्मका लागि उजुरी दिने समय तोकेको थियो। 

उम्मेदवारमाथि परेको उजुरीमा आइतबार मध्यान्ह १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिनेछ। उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता गरीएको छ। 

नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ भने सत्तारुढ गठबन्धनका तर्फबाट तीनवटा उम्मेदवारी दर्ता गरेका छन। 


जसमा जनता समाजवादी पार्टीबाटै दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

रामसहाय यादव र प्रमिला कुमारीले उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएकी छन्। 


Post a Comment

Previous Post Next Post
neelambAd
ads