बीरगंज २० फाल्गुन । नेपाल तुरहा कल्याण समिती केन्दीय कार्यालय कालिमाटी १३ काठमाण्डौ शाखा कार्यालय नगवा १६ वीरगन्ज पर्सा को आयोजनमा दैमंड रिसोर्ट होटलमा तुरहा होली मिलन समारोह भब्य रुपमा सम्पन्न भएको समाचार छ ।
राष्ट्रिय पहिचान जातीय स्वाभिमान समग्र विकास र आत्म सम्मान रक्षाकोलागि तुरहा समुदाय एकजुट होओं भन्ने मुल नारा सहित साे समारोह सम्पन्न भएकाे छ ।
विपिन साह तुरहाको अध्यक्षता तथा अजय कुमार साह तुरहाको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा स्वजातिय सगठन सँगै जातिय एक्यबद्धता र जातिय एकता रहेमा आफ्नो हकअधिकार सुनिश्चितता मात्र रहने युवति प्रिया साह, पुजा साह, रागनी साह र पुष्पाजंली साहले कार्यक्रममा बिचार राखेकी थिइन ।
उक्त होली मिलन समारोह कार्यक्रममा साे युवतिहरूको बिचार सुनेर सभामा उपस्थित स्वजातिय अगुवाहरूको मनमा थप उत्साह र उच्च मनाेबल बढाएकाे थियाे।
तुरहा समाजका युवा, युवति तथा बाल बालिकाहरु आफ्ना समाजकाे उत्थानकालागी सभा समाराेहमा जाेडदार अवाज उठाए मात्र तुरहा समाज अगाडि बढ्ने तुरहा समाजका अगुवाहरूले होली मिलन समारोहमा जानकारी गराउनु भयाे ।