ads
neelambads

वीरगंज सुक्खा बन्दरगाहमा पहिलोपटक रेलबाट काेइला नेपाल भित्रियो

 


बीरगंज १७ आषाढ । वीरगंज सुक्खा बन्दरगाहमा शनिबार राती १० ः ३० बजे पहिलो पटक डस्टी कार्गो भारतबाट आइ पुग्यो ।

वीरगंज सुक्खा बन्दरगाहमा आइतबार पहिलो पटक डस्टी कार्गो ह्याण्डलिङ भएको खबर छ । 

लतिका कमोडिटी सप्लाइ प्रा.लि. को भारत झारखण्डबाट ३६ सय मेट्रिक टन कोइला आषाढ १४ गते बिहिबार लिएर हिडेको भारतीय रेल शनिबार राती वीरगंज सुक्खा बन्दरगाहमा आइ पुगेको कुरा प्रिस्टिन भ्यालि ड्राइपोर्ट प्रा. लि.का सि.ओ.अतुल शर्माले जनाए ।

२०७९ पुस २४ गतेदेखि नै डस्टी कार्गो नेपाल आउन शुरु गरेको भएता पनि यसअघि भारतको रक्सौलसम्म रेलमा ल्याई त्यहाँबाट ट्रकमा राखी वीरगंज एकीकृत जाँच चौकी (आईसीपी) बाट मात्र डष्टी कार्गो नेपाल आउने गरेका थिए । 

यस अघि वीरगंज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थानकालागि आवश्यक भौतिक पूर्वाधार नहुँदा डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा लोड गरी नेपालमा ल्याउनु पर्ने बाध्यता थियो ।

हाल वीरगंज सुक्खा बन्दरगाहमा मानव स्वास्थ्यमा असर नपर्ने गरी रेल्वे ट्र्याकमा डस्टी कार्गो व्यवस्थानको लागि आवश्यक भौतिक पूर्वाधार ( डस्टी कार्गो झार्ने र राख्ने ठाउँ ) को व्यवस्था तयार गरिएको छ ।

यससँगै डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा लोड गरी नेपाल ल्याउनुपर्ने बाध्यता हटेको छ ।

डस्टी कार्गो अन्तर्गत क्लिंकर, सिमेन्ट, कोइला, डन्डी, सिआर.सिट, मलखाद, नुन लगायत वस्तुहरू नेपालमा आयात गरिन्छ। 

डस्टी कार्गो भारतको रक्सौलमा झारे पश्चात माल चोरी हुने संभावना, पुनः नेपालमा ल्याउँदा लोडिङ्ग खर्च, ट्रक भाडा लगायतको बचत आयतकर्तालाइ हुने सि.ओ. शर्माले बताए।

अब रेलबाट सीधै वीरगंज सुक्खा बन्गरगाहसम्म डस्टी कार्गो ल्याउन सकिन्छ । जसबाट व्यवसायीहरुले अहिले व्यहोर्नु परिरेहेको झन्झट तथा अतिरिक्त लागतमा समेत कमी हुने  सि.ओ. शर्माले जानकारी गराउनु भयो।

Post a Comment

Previous Post Next Post
neelambAd
ads