बीरगंज ९ भदौ । राष्ट्रिय निजी तथा आवसीय बिधालय एसोसिएसन नेपाल मधेश प्रदेश समितिद्वारा आयोजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम शनिवार बीरगंजको क्लासिक वङकेटको सभाहलमा सम्पन्न भयो ।
सो कार्यक्रमका प्रमुख अतिथी पुर्व श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीृका सांसद मा. डोल प्रसाद अर्यालले उक्त प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।
प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा प्रथम स्थान धनुषा ल्याउन सफल भएको थियो । भने दोस्रो महोतरी र तेस्रो पर्साको बिधा सदन मा.बि. ले हात पार्न सफल भएको छ ।
उक्त जिल्लाका बिजेता बिधालयका बालबालिकाहरूलाइ राष्ट्रिय निजी तथा आवसीय बिधालय एसोसिएसन नेपाल मधेश प्रदेश समितिका पदाधिकारीहरूले मेडल, प्रमाण - पत्र तथा शिल्डबाट पुरूस्कृत गर्नुकोसाथै बधाइ एवं शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय निजी तथा आवसीय बिधालय एसोसिएसन नेपाल मधेश प्रदेश समितिका अध्यक्ष डा. नन्दन यादवको अध्यक्ष्तामा प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका अतिथी बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , मधेश बिश्व बिधालयका राजिष्टार बिजय यादव, थानेश्वर साह लगायत रिपोटर्स क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता, जन प्रतिबिम्ब दैनिक पत्रिकाका सम्पादक संजय साह लगायतका रहनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य लाल जी ठाकुरले गर्नु भएको थियो । भने कार्यक्रम संचालन रेडियो बीरगंजका कार्यक्रम प्रस्तोता उज्जवल शर्माले गरेका थिए ।