ads
neelambads

राजतन्त्र फाले पनि अहिले छाटे राजाहरूको शासन रहेको ः प्रभु साह


बीरगंज ११ भदाै । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजतन्त्र फाले पनि अहिले छाेटे राजाहरूको शासन रहेको र जनता लाचार भएको टिप्पणी गरेका छन । 

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षड्यन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन। 

उहाँले गौर घटनाका पीडितसँग प्रधानमन्त्रीले बालुवाटारमा सहमति गरेपनि कुर्सी हल्लिने भए पछि पछाडी हटेको जिकिर गर्नु भयाे ।

गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानविन समेत हुन नसकेको उहाँको तर्क छ। 

साहले विभिन्न प्रकरणहरु लुकाउनका लागि सरकारले नयाँ नयाँ प्रकरण ल्याउने गरेको बताउनु भयाे।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको रेकर्ड सरकारसँग रहे पनि ठूला व्यक्तिलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनु भयाे। 

उहाँले अहिलेको शासन प्रणालीबाट देशको हित सम्भव छ कि छैन भन्ने बहस हुनुपर्ने जनाए। 

साहले सदनमा प्रतिपक्षी र सत्तापक्ष देखाउनकालागि मात्रै भएको र भागबण्डामा एक हुने गरेको बताए। उहाँले लोकतन्त्रमा कानुनी शासन हुने भए पनि संविधानलाई नेताहरूले खल्तीमा राखेर हिँडेको बताए। सर्वोच्चले कोशीमा गैर संवैधानिक काम भएको भने पनि राज्य र दलहरू सचेत हुन नसकेको उहाँले जनाउनु भयाे।

Post a Comment

Previous Post Next Post
neelambAd
ads