ads
neelambads

नेपालकाे बागलुङमा ६० हजार मेट्रिक टन आलु उत्पादन,


बीरगंज १२ भदाै । यस वर्ष बागलुङमा  ६० हजार मेट्रिक टन आलु उत्पादन भएको समाचार छ। 

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार यस वर्ष हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको जानकारी गराएकाे छ। 

केन्द्रले आलु प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिकले जनाए। 

पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिक रूपमा आलु खेतीमा छन्। 

गत आर्थिक वर्षमा आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा रू. ३ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियाे। 

ज्ञान केन्द्रका लागि बिनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रबर्द्धनका लागि गरीएकाे छ। चालु आर्थिक वर्षमा ज्ञान केन्द्रका लागि आठ करोड ६ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको छ। 

कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन्। 

आलु प्रबर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई आलुको बीऊ, कृषि औजार देखि बजारीकरणमा सहयोग पुर्‍याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जनाए। 

गत वर्ष बागलुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो। किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र बाँकी ७० प्रतिशत आलु बिक्री गरिरहेका छन्। 

Post a Comment

Previous Post Next Post
neelambAd
ads