ads
neelambads

रू. २६ लाखभन्दा बढी अवैध रकमसहित एक भारतीय नागरिक पक्राउ

 

बीरगंज ११ भदाै । महोत्तरी जिल्लाकाे मटिहानीबाट प्रहरीले श्रोत खुल्न नसकेको रू. २६ लाखभन्दा बढी अवैध रकम सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको समाचार छ। 


मटिहानी नगरपालिका वडा नं. ३ स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर नजिकबाट मधुवनी जिल्ला मधवापुरका २६ वर्षीय सुमित साहलाई प्रहरीले नियन्त्रणमा लिएका थिए।

सादा पोशाकमा खटेको प्रहरीको टोलीले साह चढेर अाएकाे ज १२ प १६४४ नम्बरको मोटर साइकलको सिटमुनिबाट उक्त रकम फेला परेको थियाे।

श्रोत नखुलेको रू. २६ लाख २० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए। 

थप अनुसन्धान गर्नकालागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाउने कार्य भइरहेको प्रहरी प्रवक्ता डीएसपी दिलिप कुमार गिरीले जनाए।

Post a Comment

Previous Post Next Post
neelambAd
ads