ads
neelambads

२० किलाे अवैध चाँदीसहित दुईजना पक्राउ, थप अनुसन्धानकालागि अनुसन्धान कार्यालय पथलैया

 

बीरगंज १२ भदाै । बिपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाकाे गोलन्जोर गाउँपालिका वडा नं. ५  बाट मंगलबार २० किलो अवैध चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको समाचार छ ।

प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१ – ०२५ च १०६९ नं. को कारमा लुकाई छिपाई ल्याएकाे २० किलो अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेका छन ।

बरामद गरिएको चाँदी हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी गराएकाे छ।

पक्राउ पर्ने मोरङको विराटनगर महानगरपालिका– वडा नं. ५ बस्ने रोहित कुमार यादव र सप्तरीको राजविराज नगरपालिका वडा नं. ८ घर भई विराटनगर महानगरपालिका वडा नं.  ४ मा बस्ने ३७ वर्षका शेरचन मानन्धर रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिएको चाँदी बारे थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको  प्रहरी निरीक्षक केशव कटुवालले जनाए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads