ads
neelambads

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिए


काठमाडौं ७ भदाै । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिनु भएकाे छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तको छैटौँ स्थापना दिवसमा बोल्दै उहाँले यस्तो निर्देशन दिनु भएकाे हाे ।

उहाँले सिमानामा हुने आपराधिक गतिविधिलाई निर्मूल बनाई शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई अनुरोध गर्नु भएकाे छ । 

उहाँले सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन समेत दिएका छन ।

प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक अर्यालले निर्देशन दिनु भयाे । 

साथै “विदेशी पर्यटक हाम्रो पाहुना भएकाले पर्यटकलाई कुनै पनि बहानामा दुःख नदिनू,” महानिरीक्षक अर्यालले निर्देशन समेत दिएका छन ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads